२२ बैशाख २०८१, शनिबार

बुहारीको हत्याको आरोपमा ससुरा पक्राऊ


crimes

४ बैशाख, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडानम्बर–१ हर्षाहाटोलका मुकेश चौरसियाको २५ बर्षिय श्रीमती सिमा देवी चौरसियाको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

मंगलवार बिहान घरभन्दा करीव दुई सय मिटर उतरतर्फ खेतमा चौरसियाको शव उतानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सिमाको मृत्युको कारण खुल्न नसकेपनि घटना शंकास्पद रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक गोबिन्द थापाले बताएका छन् ।

घटनाबारे थप अनुसंधान तथा सोधपुछको लागी मृतक सिमा चौरसियाका सासु रम्भा देवी चौरसिया लाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

मृतकका श्रीमान मुुकेश चौरसिया चारमहिना अघि देखी बैदेशिक रोजगारीका लागी मलेसिया गएका छन । उनको घरमा सासु र दृष्टिबिहिन ससुरा रहेका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !