१४ बैशाख २०८१, शुक्रबार

साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तद्वारा हिरासतमै आत्महत्या


jhundiyara

३० चैत, काठमाण्डौ । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !