१४ बैशाख २०८१, शुक्रबार

हतियार सहित बाबु छोरा पक्राउ


hatir-Banduk

१८ फागुन, जाजरकोट । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरवाट बन्दुक, गोलीलगायतका हतियारहरु प्रहरीले बरामद गरेको छ ।

बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।

अनुसन्धानका लागि चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको छ । उनीहरू बाबु-छोरा हुन् । उनीहरुमाथि अनुसन्धान जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !