१४ बैशाख २०८१, शुक्रबार

नासु ३२ हजार घुससहित पक्राउ


crimes

१६ फागुन, काठमाण्डौ । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कवाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !