२२ बैशाख २०८१, शनिबार

लागुऔषध सेवन किन गर्छन् मान्छेहरु ?


लागुऔषध
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लागुऔषध मानिस किन सेवन गर्छन् ? सेवन गर्नुको पछि प्रमुख कारण के हो ? यस्तो हुन नदिन हामीले के गर्नुपर्ला ? उपरोक्त ३ वटै प्रश्न केलायर हेर्दा हामीले सवैभन्दा पहिले किन यस्तो पदार्थको सेवन गर्छन बुझ्न आवश्यक देखिएको छ । गलत गर्नुको पछि कहि न कहि केहि न केही कमजोर पक्ष छ भनेर हामीले यस विषयमा गहन अध्ययन खाचो देखिन्छ ।

मेरो चिकित्सकीय अनुभवमा यसको ठोस कारण बेरोजगार र हिन भावना बढी देखिएको छ । जब जब मानिस बेरोजगार हुन थाल्दछ तब-तब आवश्यकता बढ्न थाल्दछ जब-जब आवश्यकता बढ्न थाल्दछ तब-तब मानिस डिप्रेसनको सिकार हुन्छ त्यति बेला उसको आवश्यकता केवल लागुऔषध भएको हुन्छ ।

लागुऔषध सेवन गर्दा उनीहरुको मस्तिष्कमा केवल एउटा आनन्दको अनुभव हुन्छ । उनीहरुको दिमागमा केवल नशा छाएको हुन्छ उनीहरुको सोचमा केहि रहदैन । यस्तो स्थितिमा पुर्याउने सवै मानवलाई चाहिने आवश्यकता हो भन्दा खासै फरक छैन ।

आवश्यकतामा २ वटा कुरा हामीले बुझ्न आवश्यक छ । पहिलो बेरोजगार र दोस्रो एक अर्कामा समर्पण हुन समाजले रोक्नु या चाहेको बस्तु प्राप्त गर्न नसक्नु । मानिसको सवैभन्दा कमजोर पक्ष भनेको पैसा हो जब पैसा हुदैन त्यहाँ डिप्रेसन सुरू हुन थाल्दछ । आवश्यकता दवाउन मानिस गलत माथि गलत गर्दै जान थाल्दछ ।

देशमा हडताल होस् या चक्काजाम होस् सवै बेरोजगारको परिणाम हो । जब जब मानिस व्यस्त हुनथाल्दछ उसलाई बोल्न पनि फुर्सद हुदैन त्यस्ता व्यक्तिलाई नत राजनीति गर्ने फुर्सद हुन सक्छ । नत ४ जना बसेर गफ गर्न नै त्यसैले यसको ठोस उपचार भनेको औषधि होइन बेरोजगार हटाउनु, उसको आवश्यकता पूर्ति गराउनु प्रमुख देखिन्छ ।

उपचार रोगको हुन सक्छ आवश्यक यसको होइन जब मानिसको आवश्यकता केहो भन्ने कुरा हामीले बुझेर उसको समस्या हल गर्न थाल्छौं त्यतिबेला बल्ल उसले सन्तोषको सास फेरेको हुन सक्छ । शिक्षा दिनु राम्रो हो तर शिक्षा दिएर आवश्यक पूर्ति गराउन नसके यसले राम्रो कामतर्फ नभई गलत कामतर्फ मानिसको ध्यान बाट्न थाल्दछ यो हटाउनु नै सवैभन्दा सफल उपचार मान्नुपर्छ ।

आज नेपालमा शिक्षा प्राप्त व्यक्ति नै लागुऔषधको सिकार भएको देखिन्छ । व्यक्तिले शिक्षा प्राप्त गरेको छ बेरोजगार छ उसले घरबाट पनि माया पाएको हुदैन । समाजले हेर्ने तरिका पनि फरक भएको हुन्छ । यस्तो समस्याको एउटै विकल्प लागुऔषध हुन पुग्दछ । सरकारले यस्ता विषयमा गहन अध्ययन गरेर देशमा बेरोजगार हटाउने काममा लाग्नुपर्छ ।

शिक्षा अनुसारको काम दिनसके मलाई लाग्छ कोही कसैलाई लागुऔषधको आवश्यकता नहुन सक्छ । आज नेपालमा प्राविधिक शिक्षाको आवश्यकता छ । “खाली समय सैतानको घर छैन यो संसारमा कसैको भर” भन्ने युक्ती लागु गर्न सके ठूलो उपलब्धी हुनेछ । खाली कोही नभए यो भन्दा ठूलो उपचार के हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !