१४ बैशाख २०८१, शुक्रबार

जुवातास खेल्ने ९ जनालाई कमलादीस्थित रिजेन्सी बुटिक होटलवाट पक्राउ


पक्राउ

काठमाडौं, २० जेठ । महानगरीय प्रहरी वृत्त दरवारमार्गले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राती १९:०० बजे काठमाण्डौ महानगरपालिका-९ कमलादी स्थित रिजेन्सी बुटिक होटलमा जुवातास खेलिरहेको अबस्थामा काठमाण्डौ पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोतम अग्रवाल सहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार ७ सय ७ रुपैया साथै १७९ वटा क्वाइन समेत बरमाद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !