१९ बैशाख २०८१, बुधबार

छुट्टाछुट्टै स्थानमा लागुऔषध सहित २ जना पक्राउ


Arrested accused

सुनसरी, झापा ,जेष्ठ ३ । सुनसरी कोशी गाँउपालिका-६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डि.सि.सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ०७ बजेको १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार गरी आएका झालाई सोहि स्थान नजिकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी झापा शिवसताक्षी-४ बुलुचौक बस्ने ३५ बर्षीय रामबहादुर बि.क. लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती ०९ बजे झापा गौरिगंज-११ रंगेथान स्थितमा हिडिरहेका रामबहादुरलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !