४ जेष्ठ २०८१, शुक्रबार

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५९८ जना नियन्त्रणमा


लकडाउन उल्लघंन

काठमाण्डौ, १६ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ६७ महिला सहित १५ सय ९८ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ०५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी १ हजार ८२ वटा दुई पाङ्ग्रे र १ सय ११ वटा चारपाङग्रे गरी ११ सय ९३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १ हजार ३८, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा १ सय ६ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !