१४ बैशाख २०८१, शुक्रबार

किन फेरि पक्राउ परे काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाल ?

ठेकेदार मनोज भेटवाल फेरि पक्राउ


मनोज भेटवाल

काठमाडौं । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक मनोज भेटवाल फेरी पकाऊ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार भेटवाललाई पक्राउ गरेको हो । भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरेका थिए ।

पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएकोमा समयभित्र काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो । भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दा समेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ। भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु