१५ बैशाख २०८१, शनिबार

आगलागीवाट ६३ लाखको क्षति


आगलागी

पुस १, खोटाङ । खोटाङमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित मनिकलाल प्रधानको घरमा आगलागी भएको हो । सो घरमा एकमात्र वृद्धा बस्दै आएको र उनलाई राति नै सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

घरको माथिल्लो तलामा करिब ३० लाख बराबरको धनमाल क्षति भएको छ भने सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयालको पुस्तक पसलमा रहेका स्टेशनरीका सम्पूर्ण सामान जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई रमेश राईले सञ्चालन गर्दै आएको मोबाईल पसलमा १८ लाख बराबरका सामानहरु जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !