२३ बैशाख २०८१, आइतबार

साँखुमा बस दुर्घटना, ३ जनाकाे घटनास्थलमै मृत्यु


साँखुमा बस दुर्घटना, ३ जनाकाे घटनास्थलमै मृत्यु

कार्तिक १४, काठमाडौँ । सिन्धुपाल्चोकको गोल्फु भञ्ज्याङबाट काठमाडौं आउँदै गरेको आमा ह्योल्मो यातायातको बस साँखुको फेदी जंगलमा दुर्घटना हुँदा ३ जनाकाे घटानास्थलमै मृत्यु भएकाे छ । प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बा. ५ ख ५०७० नम्बरको बस साँखुको फेदीजंगलमा दुर्घटना भएको हाे।

दुर्घटनामा २ जना महिला र १ जना पुरुष गरी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमै सवार अन्य २४ जनाभन्दा बढी घाइते छन् । दुर्घटनाकाे कारण थाहा हुन् सकेको छैन । साथै दुर्घटनाकाे थप जानकारी आउन बाँकी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !