१० जेष्ठ २०८१, बिहिबार

पहिराले दर्जनौँ बस्ती जोखिममा


ओखलढुङ्गा, २७ असार । वर्षापछि आएको पहिराका कारण जिल्लाका विभिन्न ठाउँका बस्ती जोखिममा परेका छन् । पहिराले घर र विद्यालयमा क्षति पुगेको छ ।

पहिरोले खिजिदेम्बा गाउँपालिका–५ खिजिफलाटे बजारस्थित धनबहादुर तामाङको तीन तले घर भत्काएको छ । यस्तै पहिरो खस्दा सुनकोशी गाउँपालिका–९ कोषहाटका भीमबहादुर तामाङको टहरा बगाएको छ । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले तामाङ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभयो ।

यस्तै सुनकोशी गाउँपालिका–४ जैरुङघाटमा बाढी पहिराका कारण सात घर जोखिममा छ । पहिराको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभर प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !