४ जेष्ठ २०८१, शुक्रबार

सेनाको गाडीलाई ट्रकले ठक्कर दिँदा ट्रक र मोटरसाइकलमा आगलागी


fire

१९ वैशाख, काठमाण्डौ । धादिङको थाक्रे गाउँपालिका महादेवबेसी–२ पृथ्वी राजमार्गमा नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ ।

मलेखुवाट काठमाण्डौ आउँदै गरेको ना ६ ख २७८१ नम्बरको ट्रकले सोही दिशावाट आउँदै गरेको मोटरसाइकललाई बाटो दिने क्रममा विपरीत दिशावाट आउँदै गरेको सेनाको बा २ ग २४६३ नम्बरको ट्रकसँग ठक्कर खाएको हाे ।

ट्रकमा आगलागी भएको धादिङका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । त्यस्तै बा ३६ प ७२३९ को मोटरसाइकलमा पनि आगो लागेको समेत पुरीले बताए । आगो अहिले नियन्त्रणमा आइसकेको छ । ट्रक चालक समान्य घाइते भएकाले उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।-थाहा खबरवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !