४ जेष्ठ २०८१, शुक्रबार

जन्ती बोकेको जिप दुर्घटना, सात घाइते


durghatana

१६ वैशाख, डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीवाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।

जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । जिपको ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारणको भनाइ छ । घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी गराए । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !