४ जेष्ठ २०८१, शुक्रबार

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते


accidends

१४ वैशाख, डडेल्धुरा । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । शुक्रबार बिहान १० बजे डडेल्धुराको परशुराम नगरपालिका-९ गाइबादे (उदेश्वर) मा गाईबादेदेखि ढुंगा लोड गरेर देवरीतर्फ जाँदै गरेको से १ त ५३३८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

उक्त दुर्घटनावाट परशुराम नगरपालिका ९ का ट्याक्टरका मजदुर ५५ वर्षीय नन्दसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

दुर्घटनामा परशुराम नगरपालिका ९ कै चालक लाल धामी, नविन बोहरा, पुस्कर बोहरा, युवराज बोहरा र रतन बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

घाइते मध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालग‌ंज रेफर गरेको छ । घाइते अन्य ४ जनाको जोगबुडा अस्तपतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !