१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँको थलीमा टिपर छाप्रोमा खस्यो : सुतिरहेका २ जनाको मृत्यु


दुर्घटना

काठमाडौँ । काठमाडौँको थलीमा टिपर बाटो मुनिको छाप्रोमा खस्दा २ जनाको मृत्यु भएको छ । कागेश्वरी मनहरा नगरपालिका-५ साँघु–चावहिल सडकखण्ड अन्तर्गत थलीमा टिपर सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ५३ वर्षीय साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालक ३१ वर्षका गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बौद्ध प्रहरी स्रोतका अनुसार शनिबार बिहान ४ बजेतिर साँघुबाट आउँदै गरेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट तल खसेको हो । बाटोमुनि रहेको छाप्रोमा टिपर खस्दा त्यहाँ राँगा कुर्नका लागि बसेका दम्पतीको सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !