२३ बैशाख २०८१, आइतबार

इलाममा पिकअप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते


दुर्घटना

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका-९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !