२१ बैशाख २०८१, शुक्रबार

बाँकेमा गुडिरहेको कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु


बाँकेमा गुडिरहेको कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु

नेपालगञ्ज, ९ असार । बाँकेमा गुडिरहेको कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२ वर्षीय क्षितिज कुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

चालक लम्सालको कोहलपुर मेडिकल कलेजतर्फ लैजाँदै गर्दा बाटोमै र कुँवरको उपचारका क्रममा मृत्यु भएको खड्काले जानकारी दिए। प्रहरीका अनुसार वा १४ च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि ३ मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !