११ जेष्ठ २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी


त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी

२७ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको कफी सपमा सोमबार साँझ अचानक आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो ।

विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन । यद्यपि विमानस्थलका सुरक्षाकर्मी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आइसकेको छ ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ । आगलागीपछि अहिले विमानस्थलको उडान अवतरण अबरुद्ध भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !