१४ बैशाख २०८१, शुक्रबार

स्नानगृहमा डुबेर दूधे बालिकाको मृत्यु


मृत्यु

जलेश्वर, ३ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !