१४ बैशाख २०८१, शुक्रबार

यस कारण घरमै बोलाएर ठेकेदारले पेट्रोल पम्पका सञ्चालकलाई गोली हानियो


कात्तिक ६, जनकपुरधाम । धनुषाको सपहीमा रहेको श्री बाबा पेट्रोल पम्पका संचालक मनोज साहलाई ठेकेदार पंकज चौधरीले हत्या गरेका छन् । पेट्रोलको रकम लेनदेन विषयमा फोनमा विवाद भएपछि बिहान साढे ९ बजे साह आफ्ना साथी अमित साहलाई लिएर चौधरीको घर पुगेका थिए । घरमा पनि साह र चौधारीवीच लेनदेनको विषयमा चर्चाचर्की भएपछि चौधरीले साहलाई त्यही गोली हानेका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोलीले चौधरीलाई परोसीको घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको छ । पेट्रोल पम्पबाट ठेकेदार चौधरी पेट्रोलको कारोबार गर्दै आएको स्रोतले जनाएको छ । चौधरीले पेट्रोलको रकम लामो समयदेखि दिने गरेका थिएनन् । यहि विषयमा साह र चौधरीवीच पटकपटक विवाद भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु