१९ बैशाख २०८१, बुधबार

आलमको त्रासमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं


४ कात्तिक, काठमाडौं । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।
एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।
राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन् दबाब र धम्की सहेर न्यायका निम्ती लड्यौ । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र शिव पुरीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !