११ जेष्ठ २०८१, शुक्रबार

आगलागीबाट दुई पसलमा क्षति


aago-lagi

६ पुस, राँझा । नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।

आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो ।

समयमै दमकल र प्रहरी पुगेका कारण आगलागीबाट वरपरका अन्य पसल जल्नबाट बचेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले विद्युत् चुहिएर भएर आगलागी भएको बताउनुभयो । पसलको बीमा गरिएका कारण केही राहत भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घको आपतकालीन राहत कोषबाट रु ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !