२२ बैशाख २०८१, शनिबार

सुन तस्करीको मुख्य आरोपी ‘गोरे’को बयान शुरु


चुडामणि उप्रेती गोरे

१० जेठ, विराटनगर। त्तेतीस किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा बुुधबार प्रारम्भिक बयान शुरु भएको छ ।

सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ ।

गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबार नै विराटनगर ल्याइएको हो । बुुधबारदेखि उनको बयान लिने कार्य शुरु भएको छ ।

सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जनामाथि मुद्दा दर्ता गरेकामा पक्राउमा परेका ३० जनामध्ये मंगलबारनै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !