११ जेष्ठ २०८१, शुक्रबार

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ


पक्राउ

८ जेठ, राजविराज । राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताउनुभयो । अभियुक्त दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

राजविराज – ८ निवासी राजकुमार सेठ गत बैशाख १७ गते आफ्नो स १ प ६७५२ नंको मोटरसाइकल पार्किङ्ग गरी हटियामा तरकारी लिन गएका बेला मोटरसाइकल चोरी भएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !