४ जेष्ठ २०८१, शुक्रबार

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु


durghatana

२८ व वैशाख, रोल्पा । ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीवाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न.काे ट्याक्टर बसलाई साईड दिने क्रममा दुर्घटना हुँदा सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षिय शिव ओली र सोही ठाउँका २८ वर्षिय ट्याक्टर चालक तारा रोकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए ।

उक्त दुर्घटनावाट दाङ तुलसीपुरका २६ वर्षिय किरण राना घाईते भएको र उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भईरहेको छ । अनुसन्धानका लागि प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !