६ बैशाख २०८१, बिहिबार

चिसोले गर्दा हुने दमको उपयोगी घरेलु औषधी


दम
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सवैभन्दा पहिले दमको बारेमा जान्न आवश्यक छ । दमलाई अंग्रेजीमा आस्थमा (Asthma) भनिन्छ । आज नेपालमा के बच्चा के युवा सबैलाई दमको असर देखिएको छ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र दम हुने गर्दछ ।

दममा श्वास प्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन्, जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् । चुरोट खाने र धुवाँमा बस्ने कारणले हुने दम खोकीलाई सी.ओ.पी.डी.भनिन्छ ।

दम किन हुन्छ ?

१. आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्टि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । वंशाणुगत कारणले हुने भएकाले यस्ता आस्थमा पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग उमेर ढल्कदो उमेरसँगै बढेर जान्छ ।

२. वातावरणीय प्रदुषणका कारण हुने दमलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गर्दछन् । यस्तो आस्थमा केटा-केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र आस्थमा हुने गर्दछ ।

३. मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम बढाउँछ ।

दम लागेको कसरी थाहा पाउने ?

१. दमको रोग लाग्दा हाछ्यूँ आउने, घाँटी खस-खसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइ हाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।

दमको रोग लाग्न नदिन आफुलाई कसरी बचाउने ?

१. धुवाँ, धुलो लगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।

२. यसका साथै चिसोबाट जोगिनु पर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।

उपचार

मेरो हजुरबा पछि बुबाले यो उपचार गर्नुहुन्थ्यो पछि बुबाको सेखपछि कसैलाई नबताउने सर्तमा यो औषधि सिकाउनु भएको थियो तर म सामाजिक सेवामा लागेको र मेरोउद्धेश्य पब्लिक स्वस्थ रहुन भन्ने मात्र रहेकाले यो फर्मुला पस्कन लागेको छु ।

औषधि बनाउने तरिका यस्तो छ

१. सानो अलैचीको बिउ १ ग्राम र मांलकागनी १ ग्राम यो औषधि नचपाई त्यसै निल्नाले १२ दिनमा दम पुर्ण रूपमा निको हुन्छ ।

२. जंगली मुसाको पित्त नित्य गुडमा लपेटेर निल्नु ३ दिनमा जस्तोसुकै दम निको हुन्छ ।

दमको उपयोगी घरेलु औषधी

नोट : उपरोक्त औषधिको परिक्षण मैले गरेको छैन । गर्नु हुनेले जनकल्याणको भावनालाई साकार गर्दै सेयर गर्नुहुनेछ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु

यस्ता छन् गुन्द्रुक खानुका फाइदाहरु र बेफाइदाहरु

गाईको घिउबाट गरिने रोगको उपचार

मोतियाविन्दुको उपचार यसरी गर्न सकिन्छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !