१४ बैशाख २०८१, शुक्रबार

बारामा ३ वर्षीया बालिकासहित ५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, जेठ २६ । बारा जिल्लामा ३ वर्षीया बालिकासहित ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्थानीय हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका ३९ जना स्वाब परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज संक्रमित हुनेहरुमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष, २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेकी छन् । संक्रमितहरुलाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। उनीहरु सबै केही दिन घि भारतबाट आएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !