१२ असार २०८१, बुधबार

कोरोना देखिएपछि गुहेरीका केही भाग शिल गर्ने तयारी, हुप्सेकोट गाउँपालिकाले सबै क्वारेन्टाइनमा तातोपानीको व्यवस्था गर्ने


हुप्सेकोट गाउँपालिका
प्रिय धन
प्रिय धन

हुप्सेकोट, नवलपुर, २५ जेठ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका मा एकैपटक ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर २ को जनता आधारभूत विद्यालय गुहेरीको क्वारेन्टाइन मा बस्ने मध्ये ४ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो । उनीहरू सबै भारत बाट आएका थिए ।

हुप्सेकोट गाउँपालिका भित्र पहिलो पटक कोरोना देखिएपछि गाउँपालिका ले प्रहरीको समन्वयन मा क्वारेन्टाइन रहेको विद्यालय वरिपरिका केही भाग शिल गर्ने तयारी गरेको छ । प्रकोप व्यवस्थापन समितिको आज बिहान आपातकालीन बैठक बसी सो प्रहरीको सुझाव अनुसार निश्चित क्षेत्रमा शिलबन्दी गरिने निर्णय गरिएको प्रकोप व्यवस्थापन समितिका संयोजक एवम् हुप्सेकोट गाउँपालिका का अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

प्रकोप व्यवस्थापन समितिको बैठकमा क्वारेन्टाइन लाई थप व्यवस्थित बनाउनुपर्ने कुरा उठेको गाउँपालिका का उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ले जानकारी दिनुभयो । त्यस्तै क्वारेन्टाइन मा बस्ने हरुका लागि नास्ता पानी को समेत उचित प्रबन्ध हुन नसकेको कुरा उठिरहदा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले नजिक का होटल व्यवसायी हरु ले खानाको प्रबन्ध मिलाउन सक्दैनौं भनेपछि टाढा का होटल व्यवसायीले सो जिम्मा लिँदा केही समस्या आएको तर अब आफूहरुले सो समस्या समाधान गर्नका लागि अनुरोध पनि गरिसकिएको बताउनुभएको थियो ।

यस्तै सबै क्वारेन्टाइन मा बस्ने हरुका लागि गाउँपालिका ले तातोपानी को व्यवस्था गर्ने भएको छ ।” अब गाउँपालिका ले विद्युतीय सामाग्री खरिद बाट होओस् या स्थानीय व्यक्ति प्रयोग गरेर हुन्छ हामी तातो पानीको व्यवस्था अनिवार्य गर्नेछौं ” गाउँपालिका का अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भन्नुभयो । यसैबीच कोरोना संक्रमित १ जनालाई भरतपुर पठाइसकिएको र ३ जनालाई प्राकृतिक चिकित्सालय रजहर पठाउँने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !