५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा आज दिउसो ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७५ पुग्यो


कोरोना भाइरस

सुर्खेत, २४ जेठ । कर्णाली प्रदेशमा आज दिउसो ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५७५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ कोरोना संक्रमितहरु सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र डोल्पा जिल्लाका छन् । मन्त्रालयका अनुसार उनीहरु सवै स्वास्थ्यककर्मीको सम्पर्कमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !