२२ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८४ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, जेठ २४ । कपिलवस्तु जिल्लामा आज बिहान फेरि थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण ५ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४८४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज फेरि नयाँ संक्रमण पुष्टि हुनेहरुमा विजयनगर गाउँपालिका वाड न. ३ का २५ वर्षीय पुरुष १ जना, वाड न. ५ का २४ वर्षीय पुरुष १ जना र वाड न. ६ बर्ष २२, ३२, ४८ वर्षीय पुरुषहरु ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । आज बिहान मात्र कपिलबस्तुमा थप ४ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ४७९ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !