२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो


गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि

२४ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार स्याङ्जा जिल्लामा १० जना, कास्की जिल्लामा ३ जना, पूर्वी नवलपरासी जिल्लामा ३ जना तथा बागलुङ जिल्लामा १ जनामा गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुषहरु र हरिनास नगरपालिकामा १८ र ४० वर्षीय २ जना पुरुषहरु रहेका छन् । त्यस्तै बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साथै कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुषहरु २ जना तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष १ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षीय पुरुषहरु ३ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि भएका सबैलाई सम्वन्धित जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रवक्ता डा. शर्मा जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !