२१ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७९ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

कपिलवस्तु, जेठ २४ । कपिलवस्तु जिल्लामा आज बिहान थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण ४ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७९ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज नयाँ संक्रमण पुष्टि हुनेहरुमा बुद्धभूमि नगरपालिका वाड न. ५ का १९,२९ वर्षीय पुरुषहरु २ जना, वाड न. ६ का २३, ३६ वर्षीय पुरुष २ जना गरी जम्मा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । हिजो दिउसो कपिलबस्तुमा थप ४४ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ४७५ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !