१२ असार २०८१, बुधबार

नेपालमा कोरोना संक्रमित २६३४ पुगे


कोरोना भाइरस 1205778418
 प्रिय धन
प्रिय धन

नवलपुर, २२ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २६३४ पुगेको छ । बिहीबार थप ३३४ जनामा कोरोना पोजिटिभ देखिएपछि संक्रमित हुनेको जम्मा सङ्ख्या भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

नियमित पत्रकार ब्रिफिङमा क्रममा डा. देवकोटाले सो जानकारी दिनुभएको हो । नेपाल मा आज सम्ममा ६५ जिल्लामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमित मध्ये २९० जना निको भएर घर फर्किसकेका छन् र १० जनाको भने कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

पाल्पा जिल्ला पूर्वाखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको मृत्यु सँगै १० पुगेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले मन्त्री परिषद को बैठकमा स्वास्थ्य संकट सम्बन्धी प्रस्ताव लैजाने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रालयले स्वास्थ्य सहायता सामाग्रीका लागि कार्यविधि र मापदण्ड समेत तयार पारेको छ । सङ्क्रमण फैलिदै गएकाले आमा जनसमुदायले थप सजगता अपनाउनुपर्ने पनि उहाँले बताउनु भयो । साथै स्वास्थ्यकर्मी माथिको अभद्र व्यवहारको निन्दा गर्दै यस्ता खालका आपराधिक गतिविधि नगर्न र नगराउन अनुरोध गरेको छ ।

कोरोना रोग संग लड्ने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केही उत्साहित हुनेखालको निर्णय गरेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्यकर्मी माथी दुर्व्यवहार गर्नेलाई जुनसुकै हालतमा पनि कारबाही गर्नका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !