२६ बैशाख २०८१, बुधबार

रौतहटमा आज ६५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८३ पुग्यो


कोरोना भाइरस

रौतहट, जेठ २२ । रौतहट जिल्लामा एकैदिन ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारीले जानकारी दिए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ ।

प्रशासकीय अधिकृत तिवारीका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा इशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगरपालिकाका ८ जना, गढीमाई नगरपालिकाका ७ जना तथा चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका १/१ जना गरी जम्मा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लाको १८ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरुमध्ये २ जना महिलाहरु रहेका छन् भने बाँकी सबै पुरुषहरु हुन् । उनीहरु सबै स्थानीय पालिकाहरुकाकाे क्वारेन्टाइनमै बसेका छन् । हाल उनीहरूकाे स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

तर अब यसरी कोरोना संक्रमित थपिदै जाँदा संक्रमितहरुलाई राखेर उपचार गर्न समस्या भएको समेत तिवारीले बताए । जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन बेडको अभाव भइरहेको छ । आइसोलेसन नहुँदा कतिपय संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेर उपचार गरिरहेको छ । साथै भारतवाट जिल्लामा आउने संख्या बढ्दै जाने हो भने आउनेलाई आरडीटी परीक्षण गर्दै संक्रमण नदेखिएकालाई घरमा नै होम क्वारेन्टाइनमा पठाउनुपर्ने बाध्यता समेत सिर्जना हुनसक्ने तिवारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !