१४ पुस २०८१, आइतबार

कोरोना भाइरसको मृत्युदरलाई मात्र न हेरौ यसलाई पनि बुझ्ने प्रयत्न गरौं


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो अघि हेर्ने बानी छ एकपटक पछि फर्केर हेरौं न्युमोनियाबाट बर्षमा करीव हरेक वर्ष विश्वमा १६ लाख भन्दा वढी बालबालिकाहरुको मृत्यु हुने गरेको तथ्याङ्क छ भने नेपालमा न्युमोनियाका कारण बर्षेनी ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारण १ करोड ७५ लाख मानिसको ज्यान जाने गरेको छ । तर हाम्रो ध्यान यता पुग्न सकेको छैन । मान्छे मर्छ र जन्मन्छ यो प्रक्रिया चलिरहन्छ । हिजो को कसरी मरे भन्नेतर्फ कसैको ध्यान थिएन तर आज महामारीको रूपमा नोबेल कोरोना भाइरस देखिएको छ ।

यो रोग सरूवा रोगहो यस्ले मानिसलाई तुरुन्त मार्दैन यो हैजा जस्तो रोग पनि होइन छुनासाथ मान्छे मर्ने यसको राम्रो उपचार हुन सके मान्छे बाँच्ने उदाहरण हामीले देखिरहेका छौं । मेरो भन्नुको अभिप्राय यो होकी यस्तो रोगको कारण मानिस डिप्रेसनको शिकार हुन पुगेको छ ।

ज्वरो आएको विरामी सुन्नासाथ विरामीको भन्दा पहिले एम्बुलेन्स चालकको सातो जान्छ त्यसपछि डाक्टरको जान्छ । यो रोगसंग यति धेरै डराउनुपर्ला जस्तो लाग्दैन तर ज्वरो आएको विरामीलाई नछुनु जस्ता खबर प्रतिदिन मेडियामा सुन्न सकिन्छ ।

हाम्रो गाउमा एक जनालाई ज्वरो आयो यो देखेपछि उसलाई छुने मान्छे कोही भएन उसलाई मेडिकल कलेज भरतपुरबाट केवल सिटामोल दिइएको थियो ज्वरो निको नभएपछि हामीले उहाँलाई परानेस्वर रस, नवरस र आनन्दभैरम रस १,१ गोली ३ दिन जति दिनमा ३ पटक दिइएको थियो विना एण्टिवायोटिक ज्वरो निको भयो ।

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा यो छ की उपचार गरेर निको हुन्छ भने यो रोगलाई ठूलो रुप नबाई उपचारको दायरा फराकिलो बनाएर सबैलाई उपचार गराउदा ठिक हुने थियो । आज देशमा व्यापार विजनेस सवै बन्दछ । सामाजिक दुरी कायम गर्दै विजनस व्यापार सुचारु गराउदा देशमा आर्थिक संकट टल्ने थियो काम गर्नेले काम गर्ने थिए तर लकडाउनका कारण सवै धरासायी भएको छ ।

नोबेल कोरोनाको एलोपैथिकमा खाने औषधि बन्ने अवसर कम छ । यदि यसको भ्याक्सिन बन्छ भने पनि चाँडो बन्न नसक्ने केहिको मत छ । हाम्रो अगाडि दुईवटा बिकल्प देखिन्छ पहिलो एलोपैथिकसंग आयुर्वेदिक र जडिबुटीको प्रयोग ।

यदि हामीले जडिबुटी मात्र सेवन गराउछौं भने व्यक्टिरिया पनि मिसिएर आएको हुन सक्छ त्यस्तो अवस्थामा हामीले एण्टिबायोटिक मेडिसिन चलाउनुपर्ने पनि हुन सक्छ । अर्को छ सिङ्गल आयुर्वेदिक उपचार जडिबुटी यसले रोग निको हुन्छ तर समए बढी लाग्न सक्छ ।

त्यसैले एलोपैथिकसंग आयुर्वेदिक जडिबुटी र होम्योपैथीक औषधि लक्षण अनुसार चलाएर हेरौं यदि यसको राम्रो परिणाम आयमा हामीले लकडाउन खुकुलो पारेर देशभरका निजी तथा सरकारी अस्पतालमा उपचार गराउन सक्नेछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !