१४ बैशाख २०८१, शुक्रबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १८ जना निको भएर डिस्चार्ज


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १८ जना निको भएर डिस्चार्ज

२० जेठ, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट थप १८ जना हिजो सोमवार राती निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरी धरान-१३ की १ जना महिला र झापाका १७ जना पुरुषहरु घर फर्किएका हुन् ।

दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट आज राती डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बु लगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको थियो । पिसिआर जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई प्रतिष्ठानमा राखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु मात्र रहेका छन् । ती सबै झापाका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु