१८ बैशाख २०८१, मंगलबार

प्रदेश २ मा थप ६० जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

१८ जेठ, वीरगञ्ज । प्रदेश २ का ३ वटा जिल्लामा आज आइतबार बिहान थप ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको गरिएको स्वाब परीक्षणमा आज धनुषा, रौतहट र सर्लाहीमा गरी थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यी ३ जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण गर्दा ६० जनामा थप देखिएको प्रयोगशालाले जनाएको छ । जस अनुसार रौतहटमा २९ जना, २१ जना र सर्लाहीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज रौतहट जिल्लामा संक्रमण पुष्टि भएकाहरुमा दुर्गाभगवती क्वारेन्टिनमा बसेका ८ जना, मदरसा क्वारेन्टिनमा बसेका १० जना र गौर क्वारेन्टिनमा बसेका ११ जना रहेका छन् । त्यस्तै धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका रहेका छन् ।

साथै सर्लाही जिल्लामा संक्रमण पुष्टि भएकाहरुमा हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । संक्रमितहरूलाई अस्पतालमा ल्याएर आइसोलेट गर्ने र उनीहरूको ट्राभल हिस्ट्री र सम्पर्कको विवरण संकलनमा संक्रमित जिल्लाका प्रहरी र स्वास्थ्यकर्मी लागिसकेको प्रदेश २ सरकारले जनाएको छ । आज बिहान मात्र कर्णाली प्रदेशमा थप १८ जनामा कोरोन संक्रमण पुष्टि थियो ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा आज थप १८ जनामा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !