१८ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेशमा आज थप १८ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

१८ जेठ, काठमाडौं । आज आइतवार बिहान थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १२३ जना भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा आइतवार बिहान ८:०० बजे जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

नयाँ कोरोना संक्रमित पुष्टि भएकाहरुमा दैलेखका १७ जना पुरुषहरु, कालिकोटका १ जना पुरुष रहेका छन् । उनीहरुको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

आज बिहान नयाँ संक्रमित कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-५ का १९ वर्षीय पुरुष, दैलेख जिल्लाको नारायण नगरपालिका ३ र ५ का १६ देखि ३५ वर्ष उमेर समूहका ९ जना पुरुषहरु, दैलेखकै देबलकाँडा-४ का १८ देखि २२ वर्षका ५ युवकहरु, सिमडा-८ का २६ वर्षीय पुरुष, रातापानी-४ का ३८ वर्षीय पुरुष र साडु-८ का वर्षीय पुरुष १ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा एकैपटक थप ५९ जनामा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !