२६ बैशाख २०८१, बुधबार

सिरहामा थप ११ जनामा देखियो कोरोना संक्रमण


कोरोना पोजेटिभ

काठमाडौँ, जेट १७ । सिरहा जिल्लामा आज शनिबार थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमित सवै ११ जना नै भारतको हरियाणा, बैंगलोर लगायत विभिन्न स्थानबाट आएकाहरु हुन् । जसमध्ये लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ जना र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका कोरोना फोकल पर्सन अन्देश्वर प्रसाद चौधरीले नेपालपत्रलाई जानकारी दिए ।

योसँगै सिरहा जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ । आज संक्रमित हुने सवै पुरुषहरु हुन् । संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई सम्वन्धित नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि जनकपुर प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको चौधरीले बताए ।

आज लहान नगरपालिकाका ८ जना कोरोना संक्रमितहरु सवै पनि सवै पुरुषहरु भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत संजय कुमार साहले नेपालपत्रलाई जानकारी दिएका छन् । लहान नगरपालिकाबाट ९२ जनाको स्वाब संकलन गरी कोरोनाको पिसिआर परीक्षणको लागि जनकपुर प्रादेशिक प्रयोगशालामा पठाइएकोमा ६० जनाको रिपोर्ट आउँदा ८ जनामा कोरोना संक्रमण देखिएको शाहले बताए । आज संक्रमित सवै भारतवाट आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !