![गर्भवती महिलामा देखियो कोरोना संक्रमण](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-in-Pregnant-Woman.jpg?fit=900%2C450&ssl=1)
हेटौंडा, जेठ १४ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौंकी टोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ । साथै उनको परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।
संक्रमित भेटिएपछि हेटौंडाको चौकी टोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उनी बस्दै आएको घर भने शील गरिएको छ ।