८ जेष्ठ २०८१, मंगलबार

बारामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

१३ जेठ, बारा । बारा जिल्लामा आज २ जना नेपाली सेनासहित ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिकमा कोरोना पुष्टि भएको हो ।

आज ५ जना थपिएसँगै बारा जिल्लामा जम्मा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !