२६ बैशाख २०८१, बुधबार

रौतहटमा आज एकैपटक २२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

१२ जेठ, रौतहट । रौतहट जिल्लामा आज एकैपटक २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । रौतहटको सदरमुकाम गौरमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ ।

साथै देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट खुलेको छैन । आज संक्रमण पुष्टि भएकामा ३ जना बालबालिकाहरु समेत छन् । संक्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि हिजो मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जना संक्रमित भेटिएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।

हिजो सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !