६ जेष्ठ २०८१, आइतबार

कपिलवस्तुमा १३ मा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

७ जेठ, काठमाडौं । बुधबार कपिलवस्तु जिल्लामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

उनीहरुमध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरुमध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । संक्रमित ४२७ मध्ये ३५८ पुरुष र ६९ महिला छन् । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४५ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !