१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित


डा. विकास देवकोटा

७ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार धनकुटा, बाँके, कपिलवस्तु, नवलपरासी गरी ४ वटा जिल्लामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार आज बुधबार धनकुटामा ५ जना, बाँकेमा ६ जना, कपिलवस्तुमा १३ जना, नवलपरासीमा १ जना गरी जम्मा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएकाहरुमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र १ जना २४ वर्षीय महिला रहेको बताएका छन् । त्यस्तै बाँकेमा ६ पुरुष (नरैनापुरका १७, २०, २८ र ३० वर्ष) का र खजुरा-५ का २७ वर्षीय पुरुष रहेका छन् । साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । उनीहरु ३ देखि ४८ उमेरका छन् । जसमा १८ पुरुष र ७ महिला छन् ।

नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४५ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु