४ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा आज ४७ जनामा कोरोना पुष्टि, बाँकेमा संक्रमितको संख्या पुग्यो ८१


कोरोना भाइरस (कोभिड-१९)

५ जेठ, नेपालगञ्ज । बाँकेमा आज एकैपटक ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बाँके जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा यो सहित जम्मा संक्रमितको संख्या ८१ पुगेको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुषहरु र १ जना महिला छन् ।

आज थपिएका संक्रमितको २ दिनअघि (शनिबार) स्वाब लिइएको थियो । नरैनापुरको वडा नं. २ को आदर्श मावि लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोज भगवानपुरबाट ३९ (१ जना मृत्यु), वडा नं. ५ कै नेरा प्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो । यी बाहेक हिजो आइतबार ११ जनाको स्वाब लिइएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३०४ थियो भने आज सोमबार फेरि एकैपटक ५३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । जसमा २९८ जना पुरुषहरु तथा ५९ जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ५३ संक्रमित

नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !