२० बैशाख २०८१, बिहिबार

“घाँटी पोल्यो भन्दा भन्दै मृत्यु भयो, बच्चाको लागि हिटर पनि ल्याइदिदैनन्”


धुलिखेल अस्पताल

काठमाडौं, ५ जेठ । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि दुईजनाको मृत्यु भइसकेको छ भने संक्रम्नितको संख्या भने तिन सय नौं पुगेको छ । कोरोना भाइरसको कारणले गर्दा केहि दिन अगाडी १० दिनकी सुत्केरीको समेत मृत्यु भएको छ ।

२९ वर्षीया सुत्केरीलाई शिक्षण अस्पतालवाट डिस्चार्च गरेर घर पुराएरको त्यसपछि घाँटी पोल्यो भन्दै अस्पताल लाग्दै गर्दा अस्पतालको गेट छिर्नेवित्तिके उनको मृयु भएको उनकी श्रीमानले बताए ।

एक मिडियासँग कुरा गर्दै श्रीमानले भने, ” घाँटी पोल्यो भन्दा भन्दै अस्पतालको गेट छिर्नेवित्तिके उनको प्राण गयो । यसअघि छोरा जन्मिइसकेको थियो ।” बाटोमा श्रीमतीलाई निकै गाह्रो भएको धुलिखेल अस्पतालको आइशोलेशन वार्डबाट टेलिफोनमा भने, ‘मलाई घाँटी पोल्यो गाह्रो भयो भन्दैथिइन् ।’ अस्पताल आउने लाग्यो भन्दै उनीहरुले सम्झाइरहेका थिए । तर, अस्पताल भित्र छिर्न नपाईं मृत्यु भयो । श्रीमती तिमिल्सिनाको बोली बन्द भइसकेको थियो । उनका पति भन्छन्, मलाई गाह्रो भयो, घाँटी एकदमै पोल्यो भन्दा भन्दै अस्पताल छिर्नुपनि मृत्यु भइसकेको रहेछ ।

श्रीमानले भने, “बच्चाको अवस्था त्यस्तै छ । खोइ आइशोलेशन वार्डमा छ । हिटर ल्याइदिनु भन्दा पनि ल्याइदिदैनन् । पैसा हामी दिन्छौं भन्दा पनि मान्दैनन् । घाममा राख्दिनु भन्दा पनि मान्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !