८ पुस २०८१, सोमबार

संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए


कोरोना सङ्क्रमित

जेठ ५, काठमाडौं । नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । ९ माघमा २०७६ मा एक जनामा पुष्टि भएदेखि २ सय १० दिनको अवधिमा १ सय ११ मा संक्रमण देखिएको थियो ।

यद्यपि, २१० दिन र एक सातामा थपिएका संक्रमित संख्या तुलना गर्दा एक सातामै दोब्बर बढी संक्रमित थपिएको पुष्टि भएको हो । गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४ र हिजो आइतबार थप १३ जनामा संक्रमण देखिएको छ ।

परीक्षण दायरा फराकिलो भएसँगै संक्रमितको संख्या बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !