२५ बैशाख २०८१, मंगलबार

त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जनालाई राखियो क्वारेन्टाइनमा


त्रिवि शिक्षण अस्पताल

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालको न्यूरो वार्डमा कार्यरत चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

६ वर्षीया बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । आज बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी बालिका उक्त अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गरिएको हो।

उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

काठमाडौंमा सबैभन्दा कम उमेरको व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले अहिले अस्पतालमा मिटिङ बसिरहेको उल्लेख गर्दै थप विवरण केही समयपछि सार्वजनिक गरिने बताए ।

यो पनि पढ्नुहोस्

शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !