२० बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालवाट कोरोना संक्रमित ६३ वर्षीया महिला डिस्चार्ज


भरतपुर अस्पतालवाट कोरोना संक्रमित ६३ वर्षीया महिला डिस्चार्ज

चितवन, वैशाख ३१ । भरतपुर अस्पतालवाट कोरोना संक्रमित चितवनकी ६३ वर्षीया महिला उपचारपछि निको भएर डिस्चार्ज भएकी छिन् । उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिएका छन् ।

अस्पतालमा राप्ती नगरपालिका-८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए । छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए । दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ । उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो ।

दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए । वैशाख ४ गते भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !